सप्तरी – ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेताको मृत्यु भएपछि सप्तरीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । दुर्घटनामा नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु भएको हो ।

सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएपछि उहाँको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलन गरेका थिए । अहिले अवस्था सामान्य छ । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।