फाइल तस्वीर


काठमाडौं – सङ्घीय संसद अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक आज मङ्गलबार पनि बस्दै छ । उक्त बैठक बिहान साढे ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विनियोजन विधेयक २०७९ श्रम तथा रोजगार, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायत विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकहरु माथि छलफल हुने कार्यसूची रहेको छ ।

आजै प्रतिनिधिसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले आजै बिहान साढे १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।