फाइल तस्वीर


काठमाडौं — प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज मङ्गलबार बिहान साढे १० बजेका लागि परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने विषयहरुका बारेमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित सङ्घीय संसद भवनमा बस्दैछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरुका प्रतिनिधिहरु उक्त समितिको सदस्य रहने व्यवस्था छ ।