फाइल तस्वीर


काठमाडौं – मनसुन सक्रिय हुन थालेसँगै देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुन थालेको छ । पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि मनसुन पूर्वी नेपालमा केन्द्रित छ । यसबाहेक देशको मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश एक, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी मङ्गलबार राति गण्डकी, बागमती, र एक नम्बर प्रदेशका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार बुधबार गण्डकी, बागमती, र एक नम्बर प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा पनि आंशिक बदली भै एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।