फाइल तस्वीर


काठमाडौं – मनसुनी वायु केही सक्रिय भएसँगै देशको मौसममा बदली भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । आज सोमबार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । बाँकी भू–भागको मौसममा आंशिक बदली हुने मौसमविद्ले बताएका छन् ।

भोलि मङ्गलबार प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी बुधवार पनि प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।