फाइल तस्वीर


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचन चलखेल र राज्य शक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । समीक्षा गरेको छ । लोसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनमा पैसाको चलखेल र राज्य शक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष हो ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको थियो । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको उसको निष्कर्ष छ ।

प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच हिजो शनिबार देशको समसामयिक विषयमा छलफल भएको थियो । सो क्रममा स्थानीय तहको निर्वाचनदेखि आगामी संसदीय निर्वाचन, नागरिकता विधेयकका बारेमा छलफल भएको थियो ।

लोसपाले बैठकमा आगामी संसदीय निर्वाचनमा राजनीतिक दलहरुसँग चुनावी तालमेलको विषयले प्रवेश पाएता पनि निर्वाचनको मिति घोषणा नहुँदासम्म तत्काल निर्णय नगर्ने जनाएकोे छ । लोसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले भन्नुभयो – ‘चुनावको मिति घोषणा भएपछि हाम्रो माग मुद्दाबारे जो सकारात्मक हुन्छ, त्यही पक्षसँग सहकार्य गर्ने भन्ने भएको छ ।’

आज बसेको कार्यकारिणी समितिको बैठकले पार्टीले उठाएका मागहरुलाई समेत समेटेर प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।