फाइल तस्वीर


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटाका बीच प्रतिनिधिसभा अन्तर्गतका समितिहरुका सभापति चयन गर्ने विषयमा छलफल गर्न बालुवाटार जानुभएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको रिक्त सभापतिमा नियुक्ति गर्ने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सोही भेटघाटका क्रममा नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल भएको बताइएको छ ।