फाइल तस्वीर
काठमाडौं – काठमाडौंको कालिमाटी र टेकु जोड्ने पुलसँगै रहेको कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर– ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताउनु भयो ।

ग्यास विस्फोटमा परी घाइते भएका किशोरी साहको दुवै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।