फाइल तस्वीर


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । राप्रपा खोटाङका नेता श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते हुनुभएका राप्रपा खोटाङका नेता श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उहाँलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको र उपचारका क्रममा उहाँको निधन भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराउनु भयो । उहाँको अन्तिम संस्कार आज अपरान्ह ३.०० बजे पशुपति आर्यघाटमा हुने बताइएको छ ।