दोलखा – चरीकोटको जिरी सडक–खण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको निधन भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक सोही वडाका ३३ वर्षीय उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठको चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चरीकोटले जनाएको छ ।