फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनका मूल नेता नै वाम एकताको पक्षमा नरहेको बताउनु भएको छ । आज शुक्रबार संसद भवनमा सञ्चारकर्मीले वाम एकताको विषयमा राखेका प्रश्नको जवाफ दिंदै नेता खनालले यस्ता धारणा राख्नुभएको हो ।


पूर्वप्रधानमन्त्री खनालले मुलुकको लागि वाम एकता आवश्यकता भएता पनि नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पार्नुभयो । सोही क्रममा बोल्दै नेता खनालले मुलुकको लागि वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता नै एकताको पक्षमा नरहेको भन्दै दुःख व्यक्तगर्नु भएको छ ।


नेता खनालले भन्नुभयो ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू पनि एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन्, त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’