फाइल तस्वीर
काठमाडौं – सरकारले सङ्घीय संसदमा यौन हिंसाविरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक पेश गरेको छ । उक्त विधेयक मन्त्री गोविन्द शर्माले सदन प्रस्तुत गर्नुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतितिनिधिसभाको सचिवालयमा दर्ता उक्त विधेयक दर्ता गरेको थियो । सरकारले गत चैत २२ गते दुईवटा अध्यादेशमार्फत् यौन हिंसा र फौजदारी कसुरका कानुनमा संशोधन गरेको थियो । गत मङ्सिरमै जारी भएको अध्यादेशको प्रतिस्थापन विधेयक सदनबाट पारित नहुँदा निष्क्रिय भएको थियो ।

निष्क्रिय भएको उक्त विधेयकलाई सरकारले पुनः सोही अध्यादेशलाई जस्ताको तस्तै आईतबार संसदमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो । विधेयकको विषयवस्तु प्रतिस्थापन भए पनि दर्ताका क्रममा भने मुल संशोधनकै रुपमा लगेको छ ।