फाइल तस्वीर
काठमाडौं – सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनु भएको जिज्ञासाको जवाफ दिनुभएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट र नीति तथा कार्यक्रमका विषयमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनक्रममा बजेटमाथिका टिप्पणीहरु बोल्नुपर्ने बाध्यतामा बोलिएको धारणा राख्नुभएको छ । बजेटमाथि उठाइएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले प्रतिपक्षले मनबाट भन्दा पनि बाध्यताले मात्र बोलिएको बताउनु भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले ‘यो बजेट कुनै चुनाव हेरेर बनाइएको होइन, यो देशको अर्थतन्त्रको अवस्था हेरेर त्यसलाई कसरी माथि उठाउन सकिन्छ भनेर निर्माण गरिएको हो’ भन्दै ‘प्रतिपक्षकै साथिहरूलाई पनि यो चुनाव हेरेर ल्याएको भन्ने मनमा त लागेको छैन । तर कतिपय बाध्यता हुन्छन्, उहाँहरू त्यही बाध्यतामा बोल्नुभएको मात्रै हो’ भनेर जवाफ दिनुभयो ।