फाइल तस्वीर
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा बजेट र सार्वजनिक महत्वको प्रस्ताव र महङ्गीका विषयमा छलफल भैरहेको छ । सार्वजनिक महत्वको प्रस्ताव र महङ्गीका विषयमा छलफल गर्दै सांसद्हरुले आ–आफ्नो धारणा व्यक्त गर्नुछ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि सांसद्हरुले प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजालले संसदमा पेश भएको सार्वजनिक महत्त्वको प्रस्ताव र महङ्गीबीच टाढाको मात्रै नाता भएको बताउनु भएको छ ।

यसैगरी सांसद रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सदनमा पेश गरेको सार्वजनिक महत्वको प्रस्ताव र महङ्गीबीचको सम्बन्ध निकट नभएको बताउनु भएको । उक्त प्रस्तावमाथि संसदमा बोल्दै रिजालले, ‘डिटेल र पेट्रोलको भाउ घटाएर अरू सबै महङ्गी घट्ने भए घटाउनुहुन्थ्यो । तर त्यसो हुँदैन’ – भन्नुभएको छ । जनतालाई स्थानीय सरकारले नै राहत दिन सके पनि सीमानाकाको कारण डिजेल पेट्रोलको भाउ घटाउन अप्ठेरो भएको धारणा राख्नु भयो ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सदनमा पेश गर्नुभएको सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै भट्टराईले मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

सोही बैठकमा बोल्दै सांसद गणेश पहाडीले प्रचलित कानुनको प्रावधानलाई उल्लङ्घन गरेर मुल्यवृद्धि गरिएको आरोप लगाउनु भएको छ । मूल्यवृद्धिका कारण जनताको बाँच्न पाउने अधिकार कुण्ठित भएको भन्दै सांसद पहाडी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको असरस्वरूप अन्य विभिन्न खाद्य र गैरखाद्य वस्तुमा पनि मूल्यवृद्धि भएको उल्लेख गर्दै बजार अनुगमन हुन नसकेको आरोप लगाउनु भयो ।

बैठकमा भागलिंदै सत्तारूढ नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । महङ्गीको मारमा नेपाली जनता छन् भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्।