फाइल तस्वीर
काठमाडौं – पेट्रोलिप पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

विभागले तोकेको नयाँ भाडादर अनुसार यात्रु बोक्ने गाडीको भाडामा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने सामान ढुवानी गर्ने सवारीको भाडामा २ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने सवारी साधनको २.६ प्रतिशत भाडा घटेको छ ।

मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउनु हुन्छ । वरिष्ठ उपाध्यक्ष सिटौला ‘तेलको मूल्य घट्दा भाडा पनि घट्ने र बढ्दा पनि बढ्ने गरी भाडाको व्यवस्था गरिएको बताउँदै यो भाडादर वैज्ञानिक रहेको बताउनु हुन्छ ।