फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग गरेको छ । राप्रपाको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको बैठक सकेलगतै सञ्चारकर्मीसँग प्रतिक्रिया व्यक्तगर्दै ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि बर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावककीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौं’ भनेका छन् ।

राप्रपाले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।