फाइल तस्वीर
काठमाडौं – आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई बुझाइँदैछ । कानुनी प्रक्रिया पुर्याउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि लगिएका सबै २२ वटा शवहरुको पोस्टमार्टमको काम सकिएकोले ति शवहरु परिवारजनलाई बुझाउन लागिएको हो ।

गत जेठ १५ गते आइतबार पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो । उक्त दुर्घटनामा एकैघरका सात जनासम्मको निधन भएको थियो । दुर्घटना खराव मौसमले भएको बताइएको छ । सरकारले दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ ।