काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट जाँच गर्दा १२ जना र एन्टिजेन विधिबाट जाँच गर्दा तीन जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भै उपचार गराएका मध्ये पछिल्लो २४ घण्टामा ११ जना निको भएर घर फर्किएका छन् । हाल देशभर गरी जम्मा ९८ जना सक्रिय सङ्क्रमित रहेको र कोरोना भाइरसका कारण यतिबेला कुनै पनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।