काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


भेटका अवसरमा प्रधानमन्त्री देउवाले नगरप्रमुख साहलाई बधाई दिंदै निर्वाचनको जितलाई चमत्कार भएको धारणा व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री देउवाले ‘तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु र पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, मलाई चौबीसैघण्टा सम्झन सक्नुहुनेछ’ भन्दै केन्द्र र प्रदेश सरकार साथमा रहेकाले जनताका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


मेयर शाहले प्रधानमन्त्री देउवासँग काठमाडौं महानगरपालिकाको सुधार र विकासका लागि नेपाली काङ्गेससँग सहकार्य गरेर जान तयार रहेको बताउनु प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
प्रधानमन्त्री देउवा र नगरप्रमुख साहबीच शिष्टाचार भेटवार्ता भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकृत महेश आचार्यले जानकारी गराउनु भएको छ ।