फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दै छ । बजेट अधिवेशनको रुपमा जारी प्रतिनिधिसभाको बैठकमा सरकारले सार्वजनिक गरेको बजेटमाथि छलफल चलिरहेको छ ।


आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आईतबार पेश गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । मङ्गलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राख्दै आउनुभएको छ ।