फाइल तस्वीर
सुर्खेत – राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा जिल्ला पुग्नु भएको छ । बाग्लुन जिल्लाको बडिमालिका शक्तिपीठ दर्शनका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत् बाजुरा जानुभएको हो ।

राष्ट्रपति भण्डारी हिजो सुर्खेत पुगेर नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्नु भएको थियो । राष्ट्रपति भण्डारीले हिजै दिउँसो सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मङ्गलबार सुर्खेत पुग्नु भएको हो । राष्ट्रपति भण्डारी भ्रमण सकेर आज दिउँसो काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।