काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानित बजेटमाथिको छलफल जारी रहने बताइएको छ ।

हिजोदेखि सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राख्ने कार्यक्रम जारी छ ।