फाइल तस्वीर
काठमाडौं – मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरलाइन्सको ट्वीनटर विमान दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य सहित सबैको शव काठमाडौं ल्याइएको छ । हिजो साँझ १० जना र आज १२ जनाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याएको हो ।


तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो ।


विमान दुर्घटनामा परी निधन भएकाहरुको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखी पोस्टमार्टम गरेपश्चात् आवश्यक कानुनी प्रक्रिया पुरागरी परिवारलाई हस्तान्तरण गरिनेछ ।