फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य सङ्कट समाधान गर्नेतर्फ कुनै चासो नदेखाएको आरोप लगाएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद विष्णुप्रसाद पौडेलले नेपालमा सम्भावित खाद्य सङ्कटको विषयमा सरकारले बजेटमा मौनता साँधेको बताउनुभएको हो ।


नेता पौडेलले विश्वले खाद्य सुरक्षाका लागि कदम चालिरहेको छ । भारतले गहुँ, चामल, चिनीजस्ता खाद्य सामाग्री निर्यात रोकेको छ । तर, हाम्रो सरकारलाई सम्भावित खाद्य सङ्कटसम्बन्धी कुनै चासो छैन, भन्दै महत्वपूर्ण बजेटमा सम्भावित खाद्य सङ्कटलाई सम्बोधन नगरेकोमा सरकारको आलोचना गर्नुभयो ।

जुन् खाद्य सङ्कटलाई दुनियाँले महसुस गरेको छ । विश्व खाद्य सङ्गठन लगायतले खाद्य सङ्कटले सिर्जना गर्ने चुनौतीको बारेमा सबैलाई सजग गराइसकेका छन् । तर, हामी सम्भावित खाद्य सङ्कटको बारेमा मौन छौं, चुप छौं’ भनी सरकारको चर्को आलोचना गर्नुभयो ।