फाइल तस्वीर
काठमाडौं – सरकारले वरिष्ठताक्रम मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई हुँदैछ । एआईजी विश्वराज पोखरेलले आफुभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएको भन्दै रिट दायर गर्नुभएको थियो ।
गत वैशाख १८ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको भन्दै पहिलो वरीयताका एआईजी विश्वराज पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र धिरज प्रताप सिंहलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

गत वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाको इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि आज जेठ १७ गतेलाई पेशी तोकिएको हो ।