फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको आज बसेको बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गरेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने दलका शीर्ष नेताको निर्णयानुसार गठबन्धन तल्लो तहसम्म गठबन्धन नहुँदा अपेक्षित नतिजा आउन नसकेको निष्कर्ष निकालेको हो ।

यद्यपि, निर्वाचनको समीक्षा तथा अगामी राजनीतिका विषयमा छलफलका लागि बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धनका संयोजक एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘हामीले स्थानीय तह निर्वाचनको समीक्षा ग¥यौं । तल्लो तहसम्म गठबन्धन हुन नसकेको स्वीकार पनि ग¥यौं । तल्लो तहसम्म गठबन्धन हुन सकेको भए योभन्दा राम्रो नतिजा निस्कन्थ्यो’ – भन्नुभयो ।

नेता पौडेलले बैठकले गठबन्धन आशातित सफल हुन नसके पनि सन्तोषजनक भएको निष्कर्ष निकालेको बताउनु भयो । गठबन्धनले जति नतिजा निकाल्न सक्नुपर्थ्यो, तल्लो तहसम्म गठबन्धन हुन नसक्दा त्यति जित हुन सकेन तर पनि गठबन्धन सन्तोषजनक भएको छ भन्दै नेता पौडेलले स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय गरेको बताउनु भयो ।

सत्ता गठबन्धनले देशका सबै ७७ वटै जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय गर्नुको साथै छ । बाँकी रहेका पालिकाहरूमा कार्यपालिका निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेको छ ।