काठमाडौ – पोखराबाट मुस्ताङकोजोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका विमानका वरिष्ठ क्याप्टे प्रभाकर घिमिरेसहित दलका सदस्य र १९ यात्रुहरुको शव आज सोमबार साँझ काठमाडौं ल्याइएको छ ।

तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनाबाट जहाज क्षतविक्षत भएको थियो भने चालक दलका ३ सहित २२ जनाको ज्यान गुमेको थियो । प्रायः शबहरु चिन्न सकिने अवस्थाका र केही सग्ला देखिन्थे । समयमै उद्धार गर्न सक्ने अवस्था भएको भए केहीको जिवितै उद्धार गर्न सकिन्थ्यो कि भन्ने अवस्था रहेको स्थानीयको भनाइ थियो ।

नेपाली सेनाको हेलिकप्टरले ती जहाजका यात्रु र चालक दलका सदस्यका शव सोमबार साँझ काठमाडौं ल्याइपु¥याइएको छ । ती शवहरुलाई आवश्यक कानुनी प्रक्रियापछि परिवारजनको जिम्मा लगाइनेछ ।