फाइल तस्वीर
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाइने उल्लेख गर्नु भएको छ । द्रुतमार्ग निर्माण कार्य तीन वर्षमा सम्पन्न गर्ने र पूर्वपश्चिम राजमार्ग विस्तार गर्ने कार्यका ३० अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको बताउनुुु भएको छ । पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्यलाई तीव्रता दिइनेछ ।

यसैगरी मदनभण्डारी राजमार्ग निर्माण र सुधारका लागि दुई अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडक सञ्जाल विस्तार हुनेछ । कालोपत्र हुन बाँकी जिल्ला सदरमुकाम पुग्ने सडकका लागि रकम विनियोजन, हुलाकी राजमार्गका लागि ६ अर्ब सात करोड रुपियाँ रकम विनियोजन, काठमाडौंको कोटेश्वर र नयाँ बानेश्वरमा अण्डरपास निर्माणको काम सुरु गरिने छ । निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि सात अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

सडकको मर्मतका लागि सात अर्ब ९४ करोड विनियोजन छ भने तराई काठमाडौं फास्ट ट्रयाक निर्माण आगामी तीन वर्षभित्र सकिने छ । जसका लागि ३० अर्ब सात करोड विनियोजन, प्रमुख सरहमा सार्वजनिक यातायातमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने अर्थमन्त्री शर्माले बताउनु भएको छ ।