नेपाली सेनाको हेलिकप्टर, फाइल तस्वीर
पोखरा – आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको नाइन एन–एइटी ट्वीनटर विमान मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको जनाइएको छ । स्थानीयले खबर गरेपछि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी नारायण सिलवालले जानकारी बताउनुभएको छ ।

सेनाका प्रवक्ता रथी सिलवालले ‘जमिनबाट गएको सैनिक टोलीलाई त्यहाँ पुग्न तीन–चार घण्टा लाग्छ होला, हाम्रो हेलिकप्टर पनि त्यतै गईसकेको छ’ भन्नुभएको छ । यो ठाउँ बाहेक न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी लगायतका ठाउँमा जहाजको खोजी भईरहको छ ।

बिहान ९ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको उक्त ट्वीनटर बिमान केही बेरमा नै सम्पर्कबिहिन भएको थियो । जहाजमा १९ यात्रु सहित २२ जना सवार थिए । चालक दलका ३ सदस्य सहित अन्य १९ जना यात्रुुुको अवस्था अझै थाहा हुन सकेको छैन ।