काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माद्वारा जारी आर्थिक वर्ष २०७९र ८० को बजेट भाषणमा प्रधानमन्त्रीको शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिने भएको छ । सरकारले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गरिने बताउनुभएको हो ।

यसैगरी सरकारले मेलम्ची खानेपानीको भरपर्दो पथान्तरणको व्यवस्था मिलाउने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताउनुभएको हो । उहाँले याङ्ग्री र लार्के खोलाको पानी काठमाडांैमा ल्याउन थप अध्ययन अघि बढाइने पनि बताउनुभएको छ ।

यसैगरी सरकारले अब ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । ७० वर्षे उमेरहद घटाएर सरकारले ६८ वर्षमा झारेको हो । अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभयो । यस्तै सरकारले आउँदो आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आठ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।