फाइल तस्वीर
पोखरा– जोमसोमका लागि पोखराबाट उडेको दुर्घटनाग्रस्थ तारा एयरलाइन्सको नाइन एन–एइटी जहाज खोजीका लागि दुईवटा हेलिकप्टर परिचालन गरिएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ । हराइरहेको जहाजको खोजिगर्न गृहमन्त्री बालकृष्ण खाँडले थप शक्ति परिचालन गर्न निर्देशन समेत दिनुभएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको तारा एयरलान्सको जहाज खोज्ने कार्य भैरहेको बताउनु भएको छ । खराब मौसमका कारण हराएको जहाज खोज्न समस्या भएको शर्माले बताउनु भयो । उक्त जहाजमा सवार चालक दलका सदस्यसहित विदेशी र स्वदेशी गरी २२ जना रहेको बताइएको छ ।