फाइल तस्वीर
काठमाडौं – सरकारले आज आइतबार सार्वजनिक गर्न लागेको बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सरकारका अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को अनुमानित आय–व्ययको विवरण (बजेट) वाचन गर्नु हुनेछ ।

आगामी निर्वाचन लक्षित हुने बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिएको बताइएको छ ।