फाइल तस्वीर
काठमाडौं – पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । आज आइतबार बिहान करिब ९:५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।

क्याप्टेन प्रभाकर घिमिरेले उडाएको सो विमानमा पाइलटसहित १९ यात्रु र चालक दलका तीन सदस्य सवार थिए । उक्त विमानमा १६ जना नेपाली र भारतीय नागरिक सहित ६ विदेशी रहेको बताइएको छ । पोखराबाट जोमसोमको हवाई उडान समय करिब १८ मिनेटको हो । विमानस्थल कार्यालयका अनुसार जोमसोम अवतरण गर्नुपर्ने जहाज एक घण्टाको अवधिमा सम्पर्कमा नआएकोले दुर्घटना परेको हुनसक्ने अनुमान गरिएको छ ।

तारा एयरको जहाज लेते माथिको पहाडमा दुर्घटना यात्रुको नाम सहित

सम्पर्कविहिन भएको उक्त जहाज खोजिका लागि मुस्ताङको घासामा केन्द्रीत भएको र स्थानीयले ठुलोे आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खवर गरेपछि सुरक्षा टोलि खोजिकार्यका निम्ति त्यसतर्फ केन्द्रीत भएको खबर छ ।