फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनु भएको छ । गणतन्त्र दिवसको अवधारमा आज शुभकामना सन्देश दिंदै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा ‘देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो’ भनि उल्लेख गरिएको छ । अध्यक्ष प्रचण्डले देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा जित हारभन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा आफूहरु हषिर्त रहेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।