फाइल तस्वीर
काठमाडौं— वैदेशिक रोजगारका लागि नौ हजार नेपाली युवाहरु कोरिया जाने भएका छन् । कोरिया जानका लागि कोरियन भाषा उत्तिर्ण गरेपछि रोजगारीका लागि त्यहाँ जान पाउने भएका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्षदेखि स्थगित भएको भाषा परीक्षा यही जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । असार ३ गतेसम्म सञ्चालन हुने कोरियन भाषाको परीक्षा तीन सिफ्टमा सञ्चालन हुने वैदेशिक रोगजार विभागले जनाइको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णहरूमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ अन्य क्षेत्रमा गरी कुल ९ हजार ५ सय १३ जना नेपालीहरू वैदेशिक रोजगारका निम्ति यसै वर्ष दक्षिण कोरिया जान पाउनेछन् । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजारभन्दा बढीको आवेदन परेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका निम्ति नेपाली युवाहरुको पहिलो रोजाइ रहेको कोरियामा हालसम्म ७७ हजार नेपालीले त्यहाँ रोजगार प्राप्त गरिसकेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको सङ्क्रमणका कारण दुई वर्षदेखि कोरियन भाषाको परीक्षा हुन नसक्दा रोजगारीका निम्ति कोरिया जाने पाएका छ्रैनन् । विश्वभर कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि कोरियाले २०२२ मा नेपाली कामदारहरुलाई लैजान स्वीकृत दिएको छ । वैदेशिक रोजगारमा कोरिया जान चाहनेहरुले कोरियन भाषा जानेकै हुनु पर्ने भएकाले विभागले कोरियन भाषाको परीक्षा सुरु गरेको हो । उक्त भाषामा उत्तीर्णहुनेहरुले तोकिएको मापदण्ड पुरा गरेर कोरिया जान पाउने छन् ।