फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज शनिबार ११ बजे संसद भवन बानेश्वरमा बस्दैछ । आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन अघिदेखि प्रतिनिधिसभामा छलफल भैरहेको छ । सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो धारणा राखिरहनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते मङ्गलबार सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको बैठकले हिजो शुक्रबार सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रमलाई पास गरेको छ ।