काठमाडौं – देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको स्वास्थ्य परीक्षण गर्दा आठ जनामा र एक हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।


कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा १३ जना पूर्णरुपमा निको भै डिस्चार्ज भएका छन् । हाल मुलुकमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या १२४ जना रहेको मन्त्रालयले जनाएको छ ।