फाइल तस्वीर
चितवन – नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको एक ग्यास बुलेटमा आगलागि भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पन्ध्र किलो भन्ने स्थानमा ग्यास बुलेटमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।


ग्यास बुलेटमा आगलागी भएपछि त्यसक्षेत्रको यातायात समेत अवरुद्ध बन्न पुगेको छ । दिउँसो १ बजे बुलेटमा आगलागी भएको प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रुपमा नियन्त्रणमा नआउनजेल सचेत रहन सो सडक भएर यात्रा गर्ने सबैलाई अनुरोध गरेको छ ।