फाइल तस्वीर
झापा – धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरूलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो ।

धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल–६ का अगुवा किसान खेम आचार्यले बताए ।

यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डीएपी मल पाउन नसकेको उनको भनाइ छ । कमल गाउँपालिकाका लागि एक हजार बोरा डीएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।रासस