फाइल तस्वीर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा फेरी संसद अवरुद्ध भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाल आयल निगमका बारेमा गर्नु भएको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको भन्दै आपूर्तिमन्त्री बडुले जवाफ दिएपछि मन्त्रीको अभिव्यक्ति दुरासययुक्त भएको भनि विरोधगर्दै एमाले सांसदहरु आसनबाट उठेर होहल्ला गर्दै बैठक अवरुद्ध गरेका थिए ।

एमालेका सांसदहरुले मन्त्री बडूले बैठकमा दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राख्दै विरोधमा उत्रिए । बैठक सञ्चालन गरिरहनुभएका सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकको भनाइ अनुसार रेकर्ड हेरिने छ भन्दै एमाले सांसदहरुलाई आसनमा बस्न आग्रह गर्नुभएको थियो । तर सांसदहरुलाई पटकपटक आग्रह गर्दा पनि आसनमा नबसी विरोध गरिरहेकोले सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गर्नुभएको थियो ।