फाइल तस्वीर
काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले ‘काठमाडौंलाई विश्वकै उत्कृष्ठ र नमूना शहर’ बनाउनु प्रतिबद्धता जनाउनु भएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

निर्वाचनको मत गणनाको अन्तिम नतिजा आए पछि राष्ट्रियसभावाट बालेन्द्र साहको विजय र्याली सुरू भएको छ । सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिंदै विजय र्यालीमा उनका समर्थक युवासमूदायको बाक्लो सहभागिता रहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका ३२ वर्षीय इञ्जिनियर बालेन्द्र साहले आफ्ना निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै सालेले देशकै राजधानी रहेको ठूलो शहरमा विजय प्राप्त गर्नुभए छ । सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमेयर, पूर्वप्रदेशमन्त्री केशव स्थापित तेस्रो स्थानमा पुग्नु भएको छ ।