फाइल तस्बिर ।
काठमाडौं – बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले आज बिहीबार गरेको फैसलालाई नेकपा (एमाले) ले ‘दुर्भाग्यपूर्ण’ कडा टिप्पणी गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको निर्णय ’दुर्भाग्यपूर्ण’ रहेको टिप्पणी गर्नुभएको हो ।

निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल

नेता ज्ञवालीले सर्वोच्चको फैसालाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण गरेको भन्दै यो फैसलाले नेपालको राष्ट्रिय सामथ्र्य र विकासको सम्भावनामाथि पनि आँच पु¥याएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । एमाले उपमहासचिव ज्ञवालीले ‘ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पु¥याएको छ’ भन्दै ‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ? पनि प्रतिप्रश्न गर्नुभएको छ ।

सर्वोच्च अदालतले आज बिहीबार राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय र सोसँग सम्बन्धित अहिलेसम्म भए गरेका सबै निर्णयसमेत बदर गरिदिएको छ ।