फाइल तस्वीर
काठमाडौं – राष्ट्रियसभा बैठकले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले विभिन्न विषयगत समितिहरुमा रहने सदस्यहरुको नाम छनोट गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा समितिमा रहने सदस्यहरुको नामावली मनोनयनका लागि प्रस्ताव प्रस्तुत पेश गर्नुभएको थियो । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, तुलप्रसाद विश्वकर्मा, नारायणप्रसाद दाहाल, र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरु दुर्गा गुरुङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे रहेका छन् । राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा अनिता देवकोटा, गोपीबहादुर सार्की (अछामी) र देवेन्द्र दाहाललाई मनोनयन गरिएको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, सुरेशकुमार आलेमगर भुवनबहादुर सुनार, र उदयबहादुर बोहरा रहेका छन् । बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरु युवराज शर्मा, उर्मिला अर्याल, गोपालकुमार बस्नेत, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहेका छन् ।