फाइल तस्वीर
काठमाडौं – स्थानीय तहको वैशाख ३० गते सम्पन्न काठमाडौं महानगरपालिकाको निर्वाचनको मत गणनाको कार्य जारी छ । काठमाडौं महानगरपालिकामा कुल खसेको मतमध्ये अहिलेसम्म एक लाख ८४ हजारभन्दा बढी मतगणना भइसकेको छ । मत गणना गर्ने काम अब अन्तिम अन्तिममा पुगेको छ । करिब ७ हजार जति मत गन्न बाँकी रहेको छ ।


पछिल्लो मतगणनाको विवरण अनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मत ५९ हजार १४९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिस्पर्धी गठबन्धनकी साझा उम्मेदवारी नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ र नेकपा (एमाले)का केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महानगरको उपपमुखमा भने नेकपा एमालेकी उम्मेदवार सुनीता डङ्गोलले ६६ हजार ८७८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले भने जम्मा २३ हजार ३१ मत प्राप्त गर्नुभएको छ । आज साँझसम्ममा महानगरपालिकाको मतगणना सकिने बताएएको छ ।