फाइल तस्वीर
काठमाडौं – नौं महिनाको संसद अवरुद्ध पछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनु भएको छ । सो अवसरका बोल्दै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सरकार गुजुल्टिएको जेरी जस्तो भएको व्यग्यात्मक टिप्पणी गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएर र जनतालाई भ्रममा पार्ने र अल्मल्याउने खालको भएको आरोप लगाउनु भएको छ । पूर्वप्रधानमन्त्री ओलीले ‘यो सरकार जेरी जस्तो गुजुल्टीएको यो सरकार हो, यसले जनतालाई अल्मल्याउने मात्र काम गर्दछ । सरकारले ल्याएको नीति तथा कार्यक्रम नै अस्पष्ट । जनतालाई अल्मल्याई खाने मेसो मात्र छ’ भन्नु भएको छ ।