काठमाडौं – स्थानीय तहको निर्वाचनमा विवेशील साझा पार्टीको पराजयपछि रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीले बेहोरेको निराशाजनक परिणामको जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँले एक विज्ञप्ति जारी गर्दै आफू अब पार्टीको साधारण सदस्यका रुपमा मात्रै रहने बताउनुभएको छ ।