फाइल तस्वीर
चितवन – नगरपालिकाको मेयर बन्ने अभिलाषा लिएर प्रदेशसभा सदस्यबाट राजिनामा दिएर चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उठ्नु भएका विजय सुवेदी, काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित र रौतहटको गढीमाई नगरपालिकाको मेयर पदका उम्मेदवार शेख अबुलकलाम आजादलाई भुईंको टिप्न खोज्दा गोजिको पनि पोखिएको जस्तै पिडा भोग्नु परेको छ ।

मेयरका उम्मेदवार केशव स्थापित


भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालसँग बागमती प्रदेशका निवर्तमान सदस्य एवम् एमालेका उम्मेदवार विजय सुवेदी १२ हजारभन्दा धेरै भोटको अन्तरले पराजित हुनुभएको छ । बागमती प्रदेशकै सदस्य बन्नुभएका केशव स्थापितको पनि काठमाडौं महानगरको मेयर बन्ने सपना अधुरै रहन पुग्यो । उता मधेश प्रदेशका सदस्य शेख अबुलकलाम आजाद पनि गढीमाई नगरपालिकाको मेयर बन्ने सपनालाई प्रतिस्पर्धीले चकनाचुर बनाइ दिए ।

मेयरका उम्मेदवार शेख अबुलकलाम आजाद


प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा) बाट मेयर पदका उम्मेदवार बन्नुभएका आजाद नेपाली काङ्ग्रेसका श्यामप्रसाद यादवसँग पराजित हुनु पुग्नु भयो । यादवले ८ हजार ६ सय ३१ ल्याउँदा आजादलाई ८ हजार ७३ मतमात्रै प्राप्त भयो । गढीमाइ नगरपालिकाको मेयरमा विजयी हुनुभउका यादव यस अघिपनि सोही नगरपालिकाको मेयरमै हुनुहुन्थ्यो ।