फाइल तस्वीर ।
काठमाडौं – प्रतिनिधिसभाको आगामी बैठक बिहीबार बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजको प्रतिनिधिसभा बैठकमार्फत् सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आज मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल गर्नुभएको थियो । नीति तथा कार्यक्रम टेबुल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिँदै आज बसेको प्रतिनिधिसभा बैठक सम्पन्न भएको हो । आगामी बैठक जेठ १२ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।