काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।


संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले बताउनुभयो । बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्ने प्रावधान छ ।