काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन गरिने बताउनुभएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई नेतृत्वको टोलीसँग आज मङ्गलबार भएको भेटमा गृहमन्त्री खाँणले गत वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर ताप्लेजुङका विमल कार्कीको मृत्यु भएको विषयमा छानबिन गरिने बताउनुभएको हो ।

छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ । ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ, छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’ गृहमन्त्री खाँणले भन्नुभयो ।